Nepali date


बुधबार, साउन १, २०७६

गायक प्रकाश र गायिका सिर्जुको “पहेँलो बेसार” बजारमा

काठमाडौँ । गायक प्रकाश कटुवाल र गायिका तथा मोडल सिर्जु अधिकारीको स्वरमा नयाँ लोक दोहोरी “पहेँलो बेसार” बजारमा आएको छ ।
बजारमा आएको छोटो समयमा नै यस गीतले अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्नुले पनि उनीहरु द्वयको लागि थप जिम्मेवारी थपिएको मनन गर्न सकिन्छ । त्यसो त यस अगी पनि प्रकाश र सिर्जुको संयुक्त स्वरमा गीत बजारमा नआएका होइनन् तर यस गीतमा अझै धेरै मेहनत गरिएको उनीहरु भनाई रहेको छ ।

“पहेँलो बेसार” बोलको गीतमा लय शब्द गायक स्वयं प्रकाश कटुवालको रहेको छ भने , कमल सौरागले एरेन्ज गरेका हुन् । फरक र रोमान्चक ढंगबाट तयार पारिएको गीतको म्युजिक भिडियोमा प्रकाश कटुवाल र सिर्जु अधिकारीले अभिनय देख्न सकिन्छ ।
दर्जनौं कोरस कलाकारहरुको निर्मित यस गीतको म्युजिक भिडियोलाई निर्देशन विक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन विश्वकर्माको सम्पादन रहेको छ ।
भिडियो :- https://youtu.be/e_GllMuLaMo

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया