कञ्चनपुर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान कम्युनिष्ट सरकारकै पालामा बृद्ध भत्ता पाँच हजार पु(याउने बताएका छन् ।
कञ्चनपुरको बेदकोट नगरपालिकाको नवनिर्मित भवन तथा चौथो नगर सभाको उद्घाटन गर्दै आइतबार नेकपाका नेता समेत रहेका रक्षा मन्त्री पोखरेलले आफ्नै सरकारका पालामा जेष्ठ नागरिकको समाजिक सुरक्षाका लागि पाँच हजार पु(याउँने बताएका हुन् ।
मन्त्री पोखरेलले नेकपा सरकारकै कार्यकालमा जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता ५ हजार पु(याउने बचन दिए । उनले आगामी बजेट मार्फत चुनावका बेला जनतासंग गरेका प्रतिबद्धता अनुसार पुरा गरेरै छाड्ने आश्वासन दिए । मन्त्री पोखरेलले सम्बृद्ध नेपाल सुखी नेपालीको सपना सकार पार्नका लागि सरकार लागि परेको समेत बताए । देशलाई धनी र जनतालाई सुखी बनाउका लागि समग्र कृषि क्षेत्र सुधार गर्नका लागि सरकार लागि परेको बताए ।
मन्त्री पोखरेलले सरकारले भूउपयोग नीति बनाएरै कस्तो जमिनमा के उत्पादन गर्ने रु भन्ने विषयमा नीति बनिरहेको बताए । बर्तमान सरकारले कृषि सहित रोजगारी, पर्यटन, जलस्रोत र पुर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको समेत बताए । मन्त्री पोखरेलले विगतमा सरकार फेरिए यस पटक शासकिय प्रणाली फेरिएकाले विकास निर्माणमा केही ढिलासुस्ती भएको बताए ।
जनता जनप्रतिनिधीका सम्पत्ती भएकाले जनताको भावना र मर्म अनुसार काम गनुपर्नेमा समेत मन्त्री पोखरेलले जोडदिए । भ्रष्टाचार कुनैपनि हालतमा लिप्त नहुने समेत उनले कर्मचारी र जनप्रतिनिधीसंग आग्रह गरे । संविधानले प्रदेश र स्थानीय सरकारलाई थुप्रै अधिकार दिएकाले विकासका लागि माथिको मुख नताक्न समेत मन्त्री पोखरेलले अनुरोध गरे । ठुला योजना बाहेक स्थानीय र प्रदेश सरकारले हेनुपर्ने भएकाले जनताको अपेक्षा अनुसार विकास निर्माणका कार्य अघि बढाउनुपर्नेमा जोडदिए ।
बेदकोट नगरपालिका प्रमुख अशोक चन्दले स्व भागरथी देवि बोहराले दिएको जमिनमा नयाँ भवन निर्माण गरिएको बताए । चार करोड ९२ लाख अनुमानित लागत रहेको उक्त भवन तीन करोड २५ लाखमा वाईआर शनिदेव मित्र जेभीसँग ठेक्का सम्झौता भएको थियो । नगर प्रमुख चन्दले बेदकोट नगरमा थुप्रै विकास निर्माणका काम अघि बढेको बताए ।

