मङ्गलबार, बैशाख १५, २०८३

एसएसओजी ग्रुपबाट हावाहुरी प्रभावित क्षेत्रमा राहत बितरण

साइप्रस । एसएसओजि ग्रुप द्वारा बारा र पर्सामा प्रलयकारी आधीतुफन पीडितहरुलाई सोमबार राहत बितरण सम्पन्न भएको छ ।

अनलाइनको माध्यम बाट हामी सक्छौ मूल नाराका साथ स्थापित एस.एस.ओ.जी अर्थात् स्मुल सिङ्गिङ ओपन ग्रुपले समाजमा लुकेर बसेका प्रतिभावान ब्यक्ति हरुको लागि स्मुल एप्लिकेशन अनि लाईन जस्ता एप्लिकेसनको सदुपयोग गरी दोहोरो अनलाइन माध्यमबाट धेरै अवसरहरू प्रदान कार्य भइरहेको छ।

हालसालै हावाहुरी प्रभावित बरा र पर्साको प्रलयकारी आधीतुफान पीडितहरुलाई एस एस ओ जी ग्रुपले समुह भित्र आबद्ध सम्पूर्ण पदाधिकारीहरु को सहयोगी हात अनि सहयोगी भावको एकमुष्ठ समिश्रणबाटै केही राहत रकम सङ्कलन गरी उक्त रकमले ब्याए जति हावाहुरी प्रभावित पीडितहरुलाई तत्काल आबस्यक सर-सामग्री ,घाँस ,बास ,कपास को रूपमा :७५ बोरा चामल,५ बोरा आलु,१५० पाकेट नुन,१० कार्टुन चाउचाउ,१०कार्टुन तेलको व्यवस्था गरिएको थियो र साथै केही आर्थिक रकम सहयोग गरी रहात बितरण कार्यक्रम सम्पन्न गरिएको थियो।