शनिबार, बैशाख ०८, २०८१

सप्तरीमा चिया पसलमा बस छिर्दा १ जनाको मृत्यु, ७ घाइते

राजविराज । सप्तरीको कन्चनरुप नगरपालिका –९ मा शनिबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट आउदै गरेको को१ख ४१२३ ट्रकलाई पछाडिबाट ठक्कर दिदाँ बस अनियन्त्रित भएर दुर्घटना भएको हो । अनियन्त्रित ना५ख ७९३७ नम्बरको बस सडक छेउमा रहेको चिया पसलमा भएका व्यक्तिलाई ठक्कर दिएको थियाे । ठक्करबाट सोही नगरपालिका ८ का देवनारायण महतोको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा सोही ठाउँका सुनरलाल महतो र असर्फि मण्डल घाइते भएका छन् । यसैगरी बसमा सवार मोरङको केराबारी गाउँपालिका ५ का कुलबहादुर महत, पाचँथरको मिक्लाजुङ गाउँपालिका ५ का पुर्णबहादुर लावती, बाराको अमलेखगं नगरपालिका २१ की शान्ती खड्का, शान्तिको ४ वर्षका छोरा घाइते भएका छन् । यसैगरी बारा अमलेखगंज नगरपालिका २१ लक्ष्मी गिरी, सोही ठाउँकी लक्ष्मी गिरी र लक्ष्मीकी ७ वर्षकी छोरी आयुषा गिरी घाइते भएका छन् । घाइते सबैलाई उपचारको लागि धरान र विराटनगर पठाइएको प्रहरीले जनाएको छ।