शुक्रबार, बैशाख ०७, २०८१

रविन्द्र मिश्र नेतृत्वको पार्टीले नाम परिर्वतन : साझा विवेकशील पार्टी

काठमाडौं । रविन्द्र मिश्र नेतृत्वको पार्टीले नाम परिर्वतन गरेको छ । अब पार्टीको नाम साझा विवेकशील पार्टी भएको छ । यसअघि विवेकशील साझा पार्टी थियो ।

तत्कालीन साझा र विवेकशील पार्टीबीच एकता भएपछि साझा विवेकशील पार्टी बनेको थियो । तर, उज्वल थापा नेतृत्वको समूह फुटेर विवेकशील नेपाल दल बनाएको छ ।

छुटिटएर गएको समूहले ‘विवेकशील’ नाम प्रयोग गर्दा उत्पन्न भएको भ्रम चिर्न पार्टीको नाम ‘विवेकशील साझा पार्टी’बाट ‘साझा विवेकशील पार्टी’ बनाउने निर्णय भएको छ ।

बैठकले जेठ १ गतेदेखि देश यात्रामा निस्कने गरेको छ । वैकल्पिक राजनीतिको भरपर्दो संवाहक बन्न सक्ने पार्टी निर्माणका लागि आम सर्वसाधारणसँग खुल्ला अन्तक्रिर्या गर्न पार्टी नेतृत्व देश यात्रामा निस्कने लागिएको उसले बताएका छ । ‘यात्राका क्रममा आम जनताको चासोका राष्ट्रिय एजेन्डा र अपेक्षाको पहिचान गरिने छ’ निर्णयमा भनिएको छ ।

साझा विवेकशीलले पार्टीमा युवालाई ४० प्रतिशत आरक्षण सुािश्चित गरेको छ । पार्टीले तल्लो तहदेखि केन्ऽीय नेतृत्वसम्म युवाहरूका लागि ४० प्रतिशत स्थान आरक्षण गर्ने निर्णय भएको उसले बताएको छ ।

विदेशमा रहेका पार्टीका सदस्यहरूलाई ‘विशेष प्रदेश’को मान्यता दिने, पार्टीको निर्वाचनमा मतदानको अधिकार दिने, विदेशका पार्टी आवद्ध सद्भाव समूहहरूले पार्टीको महाधिवेशनमा प्रतिनिधहरू पठाउन सक्ने र सद्भाव समूहरूको अन्तराष्ट्रिय सञ्जालका संयोजकलाई पदेन केन्ऽीय सदस्य बनाउने निर्णय पनि गरिएको साझाले जनाएको छ ।

पार्टीका गतिविधिलाई भ्रष्टाचार विरोधी अभियानमा केन्ऽीत गर्ने तथा दिनको एक कप चिया कम पिऊँ, बचेको रकम साझा विवेकशीललाई सहयोग गरौंँ अभियान सञ्चालन गर्ने निर्णय भएको पार्टीले जनाएको छ ।