सोमबार, जेठ २५, २०८३

गायक राजेन्द्रकुमार कार्कीको ‘मुना पलायो’ सार्वजनिक (भिडियो..)

काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्रकुमार कार्कीको गीत ‘मुना पलायो’ बजारमा सार्वजनिक भएको छ।शुक्रबार काठमाडौंमा राष्ट्रिय लोक सास्कृतिक संघले एक कार्यक्रमको आयोजना गरेर उक्त गीतको विमोचन गरेको हो ।
बिमोचित उक्त गीतमा राजेन्द्र कुमार कार्की, कुलेन्द्र बिक र मेलिना राईको सुमधुर स्वर दिएका छन। बिष्णु खत्रीको संगीत रहेको सो गीतको रचनाकार राजेन्द्र कुमार कार्की हुन्।

मिलन श्रेष्ठको निर्देशन रहेको उक्त गीतमा सिर्जु अधिकारी, सन्ध्या सानु, ओबी रायमाझी, सञ्जीव ठकुरी, जयराम गिरी र कल्याण कार्कीको र अभिनय रहेको छ।ओमन राणाको नृत्य निर्देशन, सागर गौतमको छायांकन र रोशन धितालको सम्पादन रहेको उक्त गीतको बिमोचनमा रेशम थापा, बिष्णु खत्री तथा अथितिको रुपमा राकेश श्रेष्ठ,रमेश दुलाल कागे, गोबिन्द दुलाल, श्रीकृष्ण दाहाल, आशा लामा, पम्फा थापा, सुर्यमणि आर्चाय,गोविन्द ढुङगाना लगायतको उपस्थिति रहेको राष्ट्रिय संगितकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले जानकारी दिए।