शनिबार, बैशाख ०८, २०८१

युवा व्यवसायी डेकिन्द्र राई गोर्खा फाइनान्सको बोर्ड अफ डाइरेक्टर नियुक्त

काठमाडौँ । युवा व्यवसायी डेकिन्द्र कुमार राई गोर्खा फाइनान्सको बोर्ड अफ डाइरेक्टर (सञ्चालक समिति सदस्य) नियुक्त भएका छन् । बचत तथा क्रृण सहकारी संस्थामा प्रबन्धक तथा सञ्चालक समितिको अध्यक्षको समेत सफल भूमिका निर्वाह गरिसकेका राईलाई शुक्रवार फाइनान्सको संस्थापक शेयर अन्तर्गत सन्चालक सदस्यमा नियुक्त गरिएको हो ।

उनले शुक्रवारै फाइनान्सको केन्द्रीय कार्यालय डिल्लीबजारमा अध्यक्ष यादप चन्द्र राईबाट शपथ लिए । उनले यसअघि ज्योति विकास बचत तथा क्रृण सहकारी संस्था लिई । सुर्यबिनायक भक्तपुरमा प्रबन्धकका रूपमा र कैलाश बचत तथा क्रृण सहकारी संस्था लिई । मध्यपुर थिमी भक्तपुरमा सञ्चालक समितिको अध्यक्षको भूमिका सफलरुपमा निर्वाह गरिसकेका छन् ।
खोटाङ हलेसीका राई बितिय सङ्घ संस्था साथै सामाजिक राजनीतिक सङ्गठनमा समेत सक्रिय छन् । उनी किरात राई विद्यार्थी सङ्घमा १४ वर्ष काम गर्दे केन्द्रीय महासचिव, आदिवासी जनजाति विद्यार्थी महासंघमा ८ वर्ष काम गर्दे केन्द्रीय उपाध्यक्ष र अनेरास्वियु क्रान्तिकारीको केन्द्रीय सदस्य समेत भइसकेका छन् । उनी किराँती राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सचिव छन् । भने उनी अधिवक्ता समेत हुन् ।

नियुक्तपछि उनले आफ्नो इमान्दारिता मेहनती बानी र क्षमतालाई ठाउँ दिएको मा गोर्खाज फाइनान्सका शेयर धनी सदस्य अग्रज अभिभावक तथा समग्र टिमलाई धन्यवाद दिए । २०४३ सालमा खोटाङको हलेसीमा जन्मिएका राईले नयाँपेजलाई प्रतिक्रिया दिँदै भने,‘ गोर्खाजका अग्रजहरूले विश्वास गरेर जिम्मेवारी दिनु भयो म उहाँहरु प्रति अत्यन्तै खुसी छु । उनले फाइनान्समा आफ्नो भविष्यसँग सँगै सन्चालक शेयर धनी सदस्य तथा कर्मचारी सबैको भविष्य जोडिएको समेत बताउँदै सबल, सक्षम ,सुदृढ र मजबुत संस्था बनाउने , सकारात्मक भावना जागृत गराउने काम गर्ने बताए ।
यस्तै उनले प्रभाव र दबाब रहित वातावरणमा इमानदारी र मेहनतका साथ सबै कर्मचारीलाई काम गरने वातावरण बनाउने,काम केन्द्रीत भइ सेवा दिन अनुरोध गर्ने साथै कार्य सम्पादन मूल्याङ्कन हेरी कर्मचारीको सेवा सुविधा बृदि गर्ने ब्यवस्था लागू गर्न भूमिका खेल्ने बताए ।
कानुनलाई शिरोपर गर्दै ‘संस्थामा नीतिगत हिसाबले परेका अप्ठयारोहरुलाई सञ्चालकको हिसाबले छिटो–छरितो सरल सहज तरिकाले बाटो खुलाई संस्थालाई माथि लैजाने काम गर्छु उनले भने ।
उनले सम्पूर्ण शेयर होल्डर तथा बचत कर्ताको लगानी सुरक्षित हुने कार्य गर्ने तथा संस्था को मुनाफामा बृदी गर्न लागि पर्ने बताए । संस्थाले अपनाउनु पर्ने नियम कानुनमा रहेर सबै तह र तप्का का कर्मचारीलाई नरम तथा कडा हुन अनुरोध गर्ने समेत बताए ।

फाइनान्सले मुख्य कार्यालयसहित २३ वटा शाखाबाट देशको सातै प्रदेशमार्फत सर्वसाधारणलाई सेवा दिइरहेको छ । भने विभिन्न बचत योजना सञ्चालन गरिरहेको छ । बालबचत, नारी बचत, जेष्ठ नागरिक बचत, गोर्खा पेन्सन, स्टुडेन्ट सेभिङ र पेरोल सेभिङ्ग रहेका छन् ।

यसैगरी फाइनान्सले ३ लाख रुपैयाँसम्म निक्षेपमा बीमा, चाहेजति रकम झिक्न र राख्न सकिने, निशुल्क मोबाइल तथा इन्टनेट बैकिंङ, निशुल्क डेभिट कार्ड, एबिबिएस सेवा र निशुल्क चेकबुक तथा स्टेटमेण्ट सेवा दिनेछ । @Nayapage