मङ्गलबार, बैशाख १५, २०८३

नगरपालिकाको लापरवाहिका कारण नौ महिनासम्म पनि कर्मचारीको पदपूर्ति भएन

बाजुरा । विज्ञापन खोलेको नौ महिना बितिसक्दा पनि बाजुराको बुढिगंगा नगरपालिकामा कर्मचारी पदपूर्ति भएको छैन ।

नगरपालिकाको लापरवाहिका कारण भदौ ४ गते प्रकाशित सूचनाको कर्मचारी पदपूर्ति अझैसम्म नहुँदा कार्यसम्पादनमा समेत समस्या भएको छ । नगरपालिकाले एक जना इन्जिनियर र तीन जना सब इन्जिनियरका लागि विज्ञापन आव्हान गरेको थियो ।

नगरपालिकाले प्रमुख नभएको र कर्मचारी समायोजनका कारण पदपूर्तिको काम रोकिएको बताउने गरेको आवेदकहरुको गुनासो छ । तर नगरपालिकामा प्रशासकिय अधिकृत नभएका कारण समस्या भएको नगरपालिकाका मेयर दिपक विक्रम शाहको भनाइ छ ।

कर्मचारी समायोजनका कारण करार कर्मचारी नियुक्त नगर्न भन्ने परिपत्र आएकाले कर्मचारी राख्न नसकेको नगर प्रमुख शाहले बताउनुभयो । तर आवेदकहरुले भने नगरप्रमुखले बाहना मात्र बनाएको भन्दै गुनासो गरेका छन् ।