Nepali date


बिहिबार, साउन २, २०७६

बजेट विनियोजनमा कर्णालीलाई नजरअन्दाज नगर्न अगुवाहरुको आग्रह

काठमाडौं । राष्ट्रिय योजना आयोगले १५औं योजनालाई अन्तिम रुप दिइरहेको समयमा कर्णाली प्रदेशको अगुवाहरुले अबको बजेटमा केन्द्र सरकारले कर्णाली प्रदेशलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

केन्द्र सरकारले बजेट विनियोजन गर्दा नजरअन्दाज गरेको भन्दै उनीहरुले अबको बजेटमा भने कर्णाली प्रदेशलाई प्राथमिकता दिन आग्रह गरेका हुन् ।

यसैबीच राष्ट्रिय योजना आयोग पनि कर्णाली प्रदेशलाई प्राथमिकता दिएरै १५औं योजना तयार पारिरहेको बताएको छ । योजनाको अन्तिम रुप दिईरहदा आयोगले कर्णाली प्रदेशलाई विशेष प्राथमिकता दिएको आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कँडेलले मातृसन्देश डट कमसँग बताउनु भयो ।

सरकारको समृद्ध नेपाल सुखी नेपाली नारालाई साथृकता दिन पनि कर्णाली प्रदेशको विकास अनिवार्य रहेको अर्थविद् डाक्टर डिल्लीराज खनालको भनाई छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया