शुक्रबार, बैशाख १४, २०८१

कमिसन बढाए पनि ग्यास व्यवसायी असन्तुष्ट

काठमाडौ । नेपाल आयल निगमले ग्यास उद्योगी, ढुवानी कम्पनी तथा बिक्रेताको कमिसन वृद्धि गरे पनि व्यवसायीले भने अझै असन्तुष्टि जनाएका छन् ।

बास्तविक बजार भाउको बेवास्ता गरी एकतर्फी रूपमा अवैज्ञानिक तरिकारले झिनो वृद्धि गरिएको र यसबाट समस्याको समाधान हुन नसक्ने नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ ।

सङ्घले विरोधका लागि आगामी हप्ता व्यवसायीको राष्ट्रिय भेला आयोजना गर्न लागेको छ ।

सङ्घका अध्यक्ष गोकुल भण्डारी भन्छन्, बाह्य ढुवानी खर्च बढाएको छैन, यो छ वर्षअघि सिफारिस गरिएको मूल्य हो, अहिले बल्ल वृद्धि गर्नुको कुनै सान्दर्भिकता छैन, यसले समस्याको समाधान पनि हुँदैन, झारा टार्ने काम भयो हामीलाई मान्य छैन । अब कसरी अघि बढ्ने भन्ने योजनाका लागि व्यवसायीहरूको राष्ट्रिय भेला आयोजना गरिएको उनको भनाइ छ । गोरखापत्र दैनिकमा खबर छ।