मङ्गलबार, बैशाख १५, २०८३

शेयर बजारः दोहोरो अङ्कले वृद्धि

काठमाडौँ । लगातार उकालो लाग्दै आएको शेयर बजारमा आज पनि दोहोरो अङ्कको वृद्धि भएको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२.८३ विन्दुले बढेर एक हजार २९२.१२ विन्दुमा पुगेको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७३ विन्दुले बढेर २७९.६७ विन्दुमा पुगेको छ। स्टकका अनुसार कूल १७६ कम्पनीका ४५ लाख १९ हजार ५८२ कित्ता शेयर एक अर्ब ३५ करोड ७५ लाख ५४ हजार २२१ मूल्यमा खरीद बिक्री भए।

कारोवार भएका दश उपसमूहका शेयरमा वृद्धि भएको छ। बैंकिङ १०.०९, होटल २१.५, विकास बैंक ४५.२९, जलविद्युत् ५.२४, वित्त ०.८८, निर्जीवन बीमा ७४.८४, उत्पादन २२.९, अन्य ६, लघुवित्त १०.३९ र जीवन बीमा ८९.९१ विन्दुले बढेको छ।

स्टकका अनुसार आज कारोवारका आधारमा नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको मात्रै प्रतिकित्ता ३१५ मा १८ करोड ४१ लाख ६४ हजार ९१७ बराबरको कारोवार भए।

यस्तै एनसिसी बैंक सात करोड ३० लाख ३४ हजार ८९८, प्रभु बैंक सात करोड २६ लाख ७४ हजार ६९७, छिमेक लघुवित्त विकास बैंक छ करोड ६० लाख २५ हजार ८९८, कृषि विकास बैंक पाँच करोड ४३ लाख ६८ हजार ४५४ मूल्य बराबरको खरीद बिक्री भई शीर्ष स्थानमा रहे।

एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले ९.८४ प्रतिशतले कमाएका स्टकले जनाएको छ। कृषि विकास बैंक ९.६०, मिर्मिरे लघुवित्त वित्तीय संस्था ७.७२, यूनाइटेड इन्स्योरेन्स ७.५९, राधी विद्युत् कम्पनी ७.१४, नबिल इक्विटी फण्डका लगानीकर्ताले ६.८८ प्रतिशतले कमाए।

यस्तै तारागाउँ रिजेन्सी होटलका शेयरधनीले ९.३० प्रतिशतले गुमाउँदा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ६.३८, गुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स ३.९०, मिथिला लघुवित्त वित्तीय संस्था २.६६, सिटिजन म्युचअल फण्डका लगानीकर्ताले २.५६ प्रतिशतले गुमाए।