मङ्गलबार, बैशाख १५, २०८३

टोकियोको पार्कमा नेपाली एक युवाले झुण्डिएर आत्महत्या

टोकियो । पार्कमा नेपाली युवाले झुण्डिएर आत्महत्या गरेका छन् । जापानको राजधानी टोकियोमा परिवारका साथमा बस्दै आएका बिनय खड्का नाम गरेका २४ बर्षिय युवाले आत्महत्या गरेका हुन् ।
यहाँको प्रहरीले खड्काले टोकियोको निशिगाहारा रेल स्टेशन नजिकै रहेको पार्कमा मंगलबार बिहान आफैंले लगाएको कपडाले पासो लगाएर आत्महत्या गरेको पुष्टि गरेको छ ।
पार्कमा रहेको सिसिटिभी क्यामेरामा कैद भएको भिडियो हेर्दा खड्काले आफैंले । लगाएको कपडा फुकालेर पार्कमा रहेको रुखमा झुण्डिएर आत्महत्या गरेको पाईएको

खड्काले आफैंले लगाएको कपडाले पासो लगाएर आत्महत्या गरेको पुष्टि गरेको छ । पार्कमा रहेको सिसिटिभी क्यामेरामा कैद भएको भिडियो हेर्दा खड्काले आफैले । लगाएको कपडा फुकालेर पार्कमा रहेको रुखमा झुण्डिएर आत्महत्या गरेको पाईएको प्रहरीले जानकारी दिएको दिनेश गुरुङले जानकारी दिनुभयो ।
खड्का कामता ससुराली पुगेपनि श्रीमतीसँग भेट नभएपछि फोनमानै कुराकानी गरेर फर्केका उनले पार्कमा पुगेर आत्महत्या गरेका छन् । पछिल्लो समय श्रीमतीसँग घरायसी बिवाद रहेको बताईएका बिनयले आवेसमा आएर सोही कारण आत्महत्या गरेको ठानिएको छ । बिनय परिवारको डिपेन्डेन्ट भिषामा जापानमा बस्दै आएका थिए । राजधानी टोकियोमा रेष्टुरेण्ट लगायत व्यवसाय गर्दै आउनु भएका महेन्द्र खड्का मृतक बिनयका पिता हुन् । जापानमा श्रीमती र एकमात्र छोरा बिनयसँगै रहँदै आउनुभएका खड्काको एकमात्र छोरी भने नेपालमा अध्ययनरत रहेको बुझिएको छ । यसैबिच हाल ताकिनोगावा प्रहरी चौकीमा रहेको बिनयको जापानमानै दाहसंस्कार गरिने भएको छ ।