शुक्रबार, बैशाख ०७, २०८१

नौबिसे केन्द्रबिन्दु भएर ५.२ रेक्टरस्केलको भूकम्प

काठमाडौं । काठमाडौँ उपत्यकामा शक्तिशाली भूकम्पको महसुस गरिएको छ । बुधबार बिहान ६ बजेर २९ मिनेटमा भूकम्पको झट्का महसुस गरीएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङको नौबिसे केन्द्र भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पले कुनै क्षति पुर्याएको बारे अहिलेसम्म कुनै विवरण प्राप्त भएको छैन।