Nepali date


बिहिबार, साउन २, २०७६

श्रीलंकामा मृत्यु हुनेको संख्या तीन सय १० पुग्यो

कोलम्बो । श्रीलंकामा गएको आइतबार चर्च र होटलमा भएका श्रृंखलावद्ध बम विष्फोटमा मृत्यु हुनेको संख्या बढेर तीन सय १० पुगेको छ । प्रहरीका अनुसार ५ सय जना घाइते छन् ।

यसबीच गएरातिबाट श्रीलंकामा संकटकाल घोषणा गरिएको छ र आज राष्ट्रिय शोक मनाइएको छ । कोलम्बोको उत्तरी क्षेत्रमा पर्ने नेगोमबोको सेन्ट सेबेस्टिएन चर्चमा मृतकको सामुहिक अन्तिम संस्कार गरिएको छ, जुन आइतबार भएका आक्रमणस्थल मध्येको एक हो ।

अन्त्येष्टिका क्रममा तीन मिनेटसम्म मौनधारण गरिएको छ । यो आक्रमण कुनै अन्तर्राष्ट्रिय नेटवर्कको मद्दतमा गराइएको जनाइएको छ । सरकारले यो घटनामा स्थानीय जेहादी गुट नेशनल तौहिद जमातको संलग्नता रहेको बताएको छ । यद्यपि कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । प्रहरीका अनुसार शंकास्पद ४० जना लाई पक्राउ गरिएको छ ।

पक्राउ परेका सबै श्रीलंकाका नागरिक हुन् । तर, उनीहरुको परिचय खुलाइएको छैन । उनीहरुसँग सोधपुछ जारी छ । तर, आक्रमणमा कसको संलग्नता छ भन्ने कुरा अझै खुलेको छैन । आक्रमणलगत्तै आइतबार देशभर कर्फ्यू लगाइएको थियो, जसलाई सोमबार बिहान हटाइएको थियो । यद्यपि सामाजिक सन्जालमा भने प्रतिवन्ध कायमै छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया