काठमाडौ । नेपाल प्रहरीले एक प्रहरी चौकी–एक सवारी साधान अवधारणा ल्याएको छ । जसअनुसार विभिन्न प्रहरी कार्यालयलाई ५ सय वटा मोटरसाइकल वितरण गरिएको छ ।
अपराधको सूचना आएलगत्तै घटनास्थलमा पुग्न सहज होस् भनेर प्रहरीले नयाँ अभियान थालेको हो । अभियानअन्तर्गत पहिलो चरणमा ५ सय वटा मोटरसाइकल वितरण गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।
थप तीन सय ४० वटा मोटरसाइकल खरिद गरिएको छ । सवारी कारगेड मोटरसाइकल पनि ३० वटा खरिदका लागि सम्झौता भएको पनि उहाँले जानकारी दिनुभयो । सुवेदीले हरेक प्रदेशमा पानीको फोहोरा हान्ने गाडीको व्यवस्थापनको कार्य पनि भइरहेको बताउनुभयो ।
नयाँ स्थापना गरिएका मानव बेचविबखन र साइबर ब्युरोका लागि आवश्यक उपकरणको खरिदको कार्य पनि भइरहेको प्रहरीले जनाएको छ ।
