मङ्गलबार, बैशाख १५, २०८३

सगरमाथाको उचाइ विवादरहित ढंगले नापिनेः प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्ने काम विवादरहित ढंगले गरिने बताउनुभएको छ ।

आज काठमाण्डौमा ओयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सगरमाथाको उचाइ नेपाल र चीन दुबैतिरबाट नापेर टुंगो लगाउने काम सुरु भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको प्रथम सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पा साहस र प्रेरणाकी स्रोत भएको पनि बताउनुभयो । उहाँले पासाङ ल्हामुको स्मृतिलाई दीर्घकालीन बनाउनका लागि सरकार सकारात्मक रहेको बताउनुभयो ।