नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिवको टुंगो, को को परे सुचीमा?

काठमाडौ । सत्तारुढ नेपाल नेकपाले एकताको घोषणा गरेको एक वर्षपछि ७७ जिल्लाका अध्यक्ष र सचिवको नाम टुंगो लगाएको छ। अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को विशेष पहलमा ७७ जिल्लाकै अध्यक्ष र सचिव टुंगो लागेको हो।

ताप्लेजुङ अध्यक्ष विजय बनेम, सचिव बलबहादुर साम्सोहाङ, पाँचथर अध्यक्ष राजकुमार भण्डारी, सचिव होमप्रसाद जवेगु, इलाम अध्यक्ष राम राना, सचिव सोममाया राई, झापा अध्यक्ष चिन्तन पाठक, सचिव मणिकुमार साङपाङ, मोरङ अध्यक्ष विनोद ढकाल, सचिव गोपिबहादुर अछामी, सुनसरी अध्यक्ष योगेन्द्र मण्डल, सचिव रमेश बस्नेत, धनकुटा राजेन्द्र राई, सचिव ऋषिराम ढुंगाना, तेह्रथुम अध्यक्ष लक्ष्मण तिवारी, सचिव इन्द्रबहादुर इमसुङ, संखुवासभा अध्यक्ष हेमराज घिमिरे, सचिव कृष्ण सुब्बा, भोजपुर प्रेमकुमार राई, सचिव विमल खड्का, खोटाङ देवान चाम्लिङ, बबि चामलिङ, सोलुखुम्बु मानवीर राई, गोम्बु शेर्पा, ओखलढुंगा अध्यक्ष मोहनबहादुर खड्का, सचिव मोहन श्रेष्ठ, उदयपुर विनोद कटुवाल, सचिव इश्वरमणि राउत रहेका छन् ।

त्यसैगरी सप्तरीमा अशोक मण्डल अध्यक्ष, गोविन्द न्यौपाने सचिव, सिरहा रामकुमार यादव अध्यक्ष, प्रमोदनारायण यादव सचिव, धनुषा राजकिशोर यादव अ्रध्यक्ष श्रवण यादव सचिव, महोत्तरी राजु खड्का अध्यक्ष सौकिलाल यादव सचिव, सर्लाही रेवती पन्त अध्यक्ष डाचाराज वाग्ले सचिव, रौतहट कमल यादव अध्यक्ष युवराज भट्टराई सचिव, बारा छत्रबहादुर श्रेष्ठ अध्यक्ष, सुन्दर विश्वकर्मा सचिव, पर्सा प्रभु हजारा, विजय महतो, चितवन यमबहादुर परियार अध्यक्ष कृष्णभक्त पोखरेल सचिव, मकवानपुर मुनु सिग्देल अध्यक्ष प्रेम पुलामी सचिव, धादिङ भूमि त्रिपाठी अध्यक्ष शालिकराम जमरकट्टेल सचिव, नुवाकोट हिरानाथ खतिवडा अध्यक्ष नारायण खतिवडा सचिव रहेका छन् ।

त्यस्तै रसुवामा कर्न्याल तामाङ अध्यक्ष इन्द्र गोतामे सचिव, सिन्धुपाल्चोक झम्क नेपाल अध्यक्ष दावा तामाङ सचिव, दोलखामा इश्वरचन्द्र पोख्रेल अध्यक्ष गोपाल पाण्डे सचिव, रामेछापमा मदनकुमार तामाङ अध्यक्ष शान्तिप्रसाद पौडेल सचिव, सिन्धुलीमा राजन दाहाल अध्यक्ष, प्रदीप कटवाल सचिव, काभ्रेमा रुकु चौलागाई अध्यक्ष, टोकबहादुर वाइपा सचिव, भक्तपुरमा बचनबहादुर देउजा अध्यक्ष डीपी ढकाल सचिव, ललितपुरमा हरिकृष्ण व्यञ्जनकार अध्यक्ष, राजकाजी महर्जन सचिव, काठमाडौमा कृष्ण राई अध्यक्ष, हिमाल शर्मा सचिव रहेका छन् ।

त्यसैगरी कास्कीमा कृष्ण थापा अध्यक्ष, बखानसिंह तमु सचिव, तनहुँमा केदार सिग्देल अध्यक्ष राजेन्द्रकेशरी न्यौपाने सचिव, लमजुङ मधु अधिकारी अध्यक्ष, धनञ्जय दवाडी सचिव, गोरखामा लेखबहादुर थापा अध्यक्ष, प्रेम गुरुङ सचिव, म्याग्दीमा गोविन्द पौडेल अध्यक्ष हरिकृष्ण श्रेष्ठ सचिव, मुस्ताङमा चन्द्रमोहन गौचन अध्यक्ष, सत्यनारायण शेरचन सचिव, मनाङमा पाल्तेन छोयाल गुरुङ अध्यक्ष, बेदबहादुर गुरुङ सचिव, बागलुङमा इन्द्रलाल सापकोटा अध्यक्ष ज्ञामनाथ गैरे सचिव, पर्वतमा पदम गिरी अध्यक्ष, सुदीप कुँवर सचिव, स्याङ्जामा सुर्यप्रसाद गैरे अध्यक्ष मीनबहादुर गुरुङ सचिव, नवलपरासी पूर्व रोशन गाहा अध्यक्ष, मित्रशरण शर्मा सचिव, रोल्पामा सुरेन्द्र घर्ती अध्यक्ष, हरिप्रसाद घर्ती सचिव, रुकुम पूर्वमा मेघबहादुर श्रेष्ठ अध्यक्ष, सतमान पुन सचिव, प्युठानमा तुलसीराम शर्मा अध्यक्ष, नारायण अधिकारी सचिव, अर्घाखाँचीमा चेतनारायण आचार्य अध्यक्ष, ठाकुर विक सचिव रहेका छन्।

त्यसैगरी गुल्मीमा मधुकृष्ण पत्न अध्यक्ष, वीरबहादुर कार्की सचिव, पाल्पामा नारायण आचार्य अध्यक्ष, गिरबहादुर थापा सचिव, नवलपरासी पश्चिममा भविश्वर तिवारी अध्यक्ष, तुलसी पासी सचिव, रुपन्देहीमा शिवराज सुवेदी अध्यक्ष, दधिराम न्यौपाने सचिव, कपिलवस्तुमा झविलाल पोख्रेल अध्यक्ष रामचन्द्र शाह सचिव, दाङमा टिकाराम खड्का अध्यक्ष, तलसीराम पुन सचिव, बाँकेमा आईपी खरेल अध्यक्ष, अशोक कोइराला सचिव, बर्दियामा भवनबहादुर थारु अध्यक्ष, हरि ज्ञवाली सचिव, सुर्खेतमा ध्रुव शाही अध्यक्ष कृष्णबहादुर जिसी सचिव, दैलेखमा रविन्द्र शर्मा अध्यक्ष, प्रेम कटुवाल सचिव, जाजरकोटमा ढकवीर राना अध्यक्ष, करवीर शाही सचिव, रुकुम (पश्चिम)मा गोपाल शर्मा अध्यक्ष, विमल पुन सचिव, सल्यानमा गोविन्द पुन अध्यक्ष, कर्णबहादुर बुढा सचिव, जुम्लामा वीरबहादुर कुँवर अध्यक्ष, तिर्थबहादुर बुढा सचिव, कालिकोटमा धनजीत शाही अध्यक्ष, नागिन्द्र शाही सचिव, हुम्लामा लालकेश जैसी अध्यक्ष, दल रावल सचिव, डोल्पामा दत्तबहादुर रोकाया अध्यक्ष, मालबहादुर रोकाया सचिव रहेका छन् ।

त्यसैगरी मुगुमा सुरवीर बुढा अध्यक्ष, धर्मबहादुर शाही सचिव, दार्चुलामा गणेृशसिंह खत्री अध्यक्ष, रामदत्त जोशी सचिव, बैतडीमा सुरेन्द्र पाल अध्यक्ष, प्रेम भट्ट सचिव, डढेल्धुरामा मानसिंह माल अध्यक्ष, तारा जोशी सचिव, बाजुरामा कालुबहादुर शाही अध्यक्ष, भरतबहादुर बुढा सचिव, बझाङमा मीनबहादुर कुँवर अध्यक्ष, दिलबहादुर सिंह सचिव, अछाममा शेरबहादुर कुँवर अध्यक्ष, झपट साउद सचिव, डोटीमा चक्रबहादुर मल्ल अध्यक्ष, शैलेन्द्र विक सचिव, कैलालीमा रतन थापा अध्यक्ष लालबहादुर सोडारी सचिव, कञ्चनपुरमा वीरबहादुर थापा अध्यक्ष र तारा लामा सचिव रहेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया