शुक्रबार, चैत १६, २०८०

स्थानीय तहः करोडौँ रकम गाडी र फुटकर योजनामै

जनकपुर । प्रदेश २ का स्थानीय तहले आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा बल्ल विकास बजेट खर्चन थालेका छन् । जनप्रतिनिधिले व्यक्तिगत सुविधाका लागि गाडीलगायत खरिद र कार्यालय बन्दोबस्तीपछि विकास निर्माणमा हात हालेका हुन् ।

उनीहरुले फुटकर योजनामै करोडौँ रकम खन्याइरहेका छन् ।

धनुषाका १८ स्थानीय तहमध्ये केहीले ठेक्का वा उपभोक्ता समितिमार्फत योजना सम्झौता गरे पनि अधिकांशमा काम सुरु भएको छैन । बजेट खर्च सुस्त छ । कान्तिपुर दैनिकमा खबर छ।