शनिबार, चैत १७, २०८०

नेपाल चीन सम्बन्ध बिस्तारमा भाषा र शिक्षा महत्वपूर्णः सभामुख

काठमाडौ । सभामुख कृष्णबहादुर महराले नेपाल–चीन सम्बन्ध बिस्तारमा भाषा र शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

चिनियाँ भाषा शिक्षक संघले आज काठमाडौंमा गरेको ‘दोश्रो वेल्ट एण्ड रोड नेपाल–चीन शैक्षिक मेलाको उद्घाटन गर्नुहुँदै सभामुख महराले भाषाको ज्ञान र शैक्षिक सहकार्यले दुई देशबीचको सम्बन्ध बिस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको हो ।

नेपाल–चीन शैक्षिक मेलाको शुरुवात हुनु सह्रानीय कार्य हो, सभामुख महराले भन्नुभयो, यस्ता मेलाले दुई देशको सम्बन्ध प्रगाढ बनाउन सघाउ पु¥याउनुका साथै एक अर्काको शिक्षा र भाषिक ज्ञान आदान प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्छन् ।

दुई देशबीचको घनिष्ठ सम्बन्ध र सहकार्य भए पनि भाषिक समस्याका कारण जनस्तरसम्म शिक्षा, संस्कृति र अनुभव आदान प्रदानमा कठिनाई हुने गरेको सभामुख महराले बताउनुभयो ।