मोरङ । प्रदेश नम्बर १ ले सन् २०२५ भित्र प्रदेशलाई बालविवाह मुक्त घोषणा गर्ने जनाएको छ ।
सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने राष्ट्रिय लक्ष्यलाई सहयोग पु-याउने गरी सन् २०२५ भित्रै प्रदेशलाई बालविवाह मुक्त बनाइने प्रदेश सरकारले जनाएको हो ।
प्रदेश सरकार बनेको एक वर्षमा बालविवाह विरुद्धको अभियान, बालिका सम्मेलन लगाएतका विभिन्न कार्यक्रम भएको भन्दै प्रदेश नम्बर एकको सामाजिक विकास मन्त्रालयका प्रवक्ता गोपी प्रसाद घिमिरेले सन् २०२५ भित्रै प्रदेशलाई बालविवाह मुक्त गर्ने गरी सरकारले प्रभावकारी रुपमा काम गरिरहेको जानकारी दिनुभयो ।

