Nepali date


आइतवार, अशोज ५, २०७६

आईपीएलको दोस्रो खेलमा सन्दीप लामिछानेले धमाकेदार प्रदर्शन

काठमाडौं । दिल्लीको फिरोज शाह कोटाला मैदानमा आईपीएलको शनिबार दोस्रो खेल घरेलु टोली दिल्ली क्यापिटल्स जित्दा नेपाली स्पीनर सन्दीप लामिछानेले धमाकेदार प्रदर्शन गरे ।

४ ओभरमा ४० रन दिएर ३ विकेट लिएका उनी सो खेलमा स्टाईलिस प्लेयर अफ द म्याचको अवार्डबाट सम्मानितसमेत भए । आईपीएलका कुनै खेलमा सन्दीपले अवार्ड पाएको यो पहिलो पटक हो । उनले अवार्डमा एक लाख नगद (भारु) र ५ ट्रफि पाए ।

दिल्लीका लागि दोस्रो सिजन खेलिरहेका सन्दीपले हालसम्म आईपीएलका दुई सिजनमा गरेर ८ खेलमा १३ विकेट लिएका छन् । सन्दीपले जारी सिजनका ५ खेलबाट ८ विकेट लिएका छन् भने गत सिजनमा ३ खेलमा ५ विकेट लिएका थिए । आईपीएलको आठौं खेलमा उनी अवार्डबाट सम्मानित भएका हुन् ।

दिल्ली शनिबारको खेलमा ५ विकेटले विजयी भएको छ । किंग्स एलेभेन पञ्जावविरुद्ध १६४ रनको लक्ष्य पाएको दिल्लीले एक बल बाँकी रहँदा ५ विकेट गुमाएर १६६ रन बनायो । दिल्लीका लागि प्रेरणादायी ब्याटिंग गरेका कप्तान श्रेयश अय्यरले विजयी चौका प्रहार गरे । अय्यरले नटआउट ५८ रन बनाए ।

दिल्लीको जितमा ब्याटिंगबाट शिखर धवनले पनि महत्वपूर्ण योगदान दिए । उनले ५६ रन बनाए । यस्तै कोलिन इन्ग्रामले १९ रनको उपयोगी इनिंग खेले । जितसँगै दिल्लीले अंकतालिकामा १२ अंक जोडेको छ । र तेस्रो स्थानमा कब्जा जमाएको छ ।

यसअघि टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको पञ्जावले क्रिस गेलको तुफानी अर्धशतकको सहयोगमा १६३ रन बनाएको छ । पञ्जावले गेलको ६९ रनको सहयोगमा ७ विकेटमा १६३ रन बनायो । आर आश्वीन १६ र हरिप्रीत बारबार २० रनमा नटआउट रहे ।

दिललीका लागि सबैभन्दा सफल बलर नेपालका सन्दीप लामिछाने रहे । उनले ४ ओभरमा ४० रन दिएर ३ विकेट लिए । उनले ओपनर द्वोय क्रिस गेल तथा के एल राहुल र टम कुरनको विकेट लिएका हुन् । यस्तै कागिसो राबाडा र अक्षर पटेलले दुई दई विकेट लिए ।

सन्दीपले खतरनाख ब्याट्सम्यान क्रिस गेललाई आउट गरेका छन् । उनले यसअघि अर्का ओपनर केएल राहुललाई पनि आउट गरेका थिए । आफ्नो दोस्रो ओभरमा लगातार चार चौका प्रहार गरेका गेललाई सन्दीपले आफ्नो तेस्रो ओभरको दोस्रो बलमा गेललाई सीमा रेखामा क्याच आउट गराए ।

यो ओभरको पहिलो बलमा गेलले उनलाई छक्का प्रहार गरेका थिए । दोस्रो बलमा आउट भए । सन्दीपले यो ओभरको अन्तिम बलमा साम कुरनलाई आफैले क्याच गर्दै आउट गर्दै खेलमा तेस्रो विकेट लिएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया