शुक्रबार, चैत १६, २०८०

शारदा मावि भूतपूर्व विद्यार्थी समाज गेलूको प्रथम भेला सम्पन्न,अध्यक्षमा खत्री चयन

भक्तपुर । शारदा मावि भूतपूर्व विद्यार्थी समाज गेलू रामेछापको प्रथम भेला भव्य रूपमा सम्पन्न भएको छ ।
शनिवार आज भक्तपुरको सानोठिमीस्थित राष्ट्रिय युवा परिषदको सभाहलमा भूतपूर्व विद्यार्थी समाज गेलू रामेछापको प्रथम भेला सम्पन्न भएको हो ।
सो भेलाबाट शारदा मावि भूतपूर्व विद्यार्थी समाज गेलू रामेछापको तदर्थ समितिको अध्यक्षमा श्यामकाजी खत्री,उपाध्यक्षमा बिशाल श्रेष्ठ,महासचिवमा जनार्दन कार्की र कोषाध्यक्षमा मायादेवी बुढाथोकी,सचिबमा सुवास केसी चयन भएका छन भने सदस्यहरूमा सन्तोष चौहान,रोहित अधिकारी,प्रमोद अधिकारी,एलिसा केसी,नगेन्द्र केसी,विष्णु बरूवाल,श्रृजन अधिकारी,अस्मिता खड़का,रामहरि कार्की चयन भएका छन ।
सो कृष्णहरि बुढाथोकीको संयोजकत्वमा १२ सदस्यीय सल्लाहकार समिति चयन भएको छ ।

रामेछापका प्रतिनिधिसभा सदस्य श्यामकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा मंथली नगरपालिका वडा १२ का अध्यक्ष कृष्णहरि अधिकारी ,मन्थली नगरपालिका ११ का कार्यवाहक वडाअध्यक्ष जित बहादुर,विद्यालयका प्रधानध्यापक अर्जुन कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री, शिक्षक योगेन्द्र राय,त्यस्तै विद्यालयका पुर्व शिक्षक शम्भु अधिकारी लगाएतको अतिथिको रूपमा उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले विद्यालयको शैक्षिक उन्नति र भौतिक विकासको लागी भुतपुर्व विद्यार्थीहरुको भुमिका महत्वपुर्ण हुने बिचार व्यक्त गर्नु भएको छ ।
सो भेलामा गेलू,चनखु र फुलासीका भूतपूर्व विद्यार्थीहरूको बाहुल्य उपस्थित रहेको थियो ।