शुक्रबार, चैत १६, २०८०

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौ । हिजोबाट सुरु भएको भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम आजपनि जारी छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम दोस्रो चरण अन्तर्गत ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सञ्चालन गरेको हो ।

मन्त्रालयका अनुसार शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाका ५ वर्षमुनिका बालबालिकालाई पोषणस्थित लेखाजोखा र ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई सुक्ष्म पोषणतत्व बालभिटा पनि वितरण गरिँदैछ ।

प्रत्येक वडा–वडामा दुई वोटा बुथ राखेर स्वास्थ्यकर्मीद्वारा भिटामनि ‘ए’ र जुकाको औषधि पनि खुवाइँदैछ ।