Nepali date


सोमवार, जेष्ठ ६, २०७६

ओमान र युएईसँग श्रम समझदारी छिट्टै हुने, यस्तो छ तयारी

काठमाडौ । सरकारले ओमान र युएईसँग श्रम समझदारी एमओयूको मस्यौदाको चाडै टुंगो लगाउने तयारी गरेको छ ।

यसका लागि छलफल गर्न दुबै देशका श्रम तथा मानव संशाधन अधिकारीलाई नेपाल बाोलाईएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएकोछ ।

दुबै देशका प्राविधिक टोली यसै महिनाभित्रै वा अर्को महिनाको पहिलो हप्तासम्म आईपुग्ने मन्त्रालयका सचिव महेश दाहालले मातृसन्देश डट कमलाई जानकारी दिनुभयो । यसै चरणको वार्तामार्फत दुबै देशसँग श्रम समझदारीको मस्यौदामा सहमति जुट्ने उहाँले बताउनुभयो ।

नेपालले यसअघि नै युएईसँग एमओयू गरेपनि एमओयू कामदारको हितमा नभएकाले अब त्यसलाई परिमार्जन गर्न दोस्रो चरणको वार्ता हुन लागेको हो । ओमानसँग भने यसअघि कुनै पनि दुईपक्षीय समझदारी भएको छैन ।

यी देश जाने टोलीले श्रमिकको हक अधिकारलाई केन्द्रमा राखेर निःशुल्क भिसा र हवाई टिकट,राम्रो सेवा सुविधा, २४ घण्टे बिमा लगायतका मुद्दा समेटेर एमओयू गर्ने तयारी सरकारको छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया