Nepali date


बिहिबार, साउन २, २०७६

वैदेशिक रोजगारमा मृतकका हकवालालाई ३४ करोड

काठमाडौ । सरकारले वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका कामदारको हकवालालाई आर्थिक सहायतास्वरुप ३४ करोड २५ लाख रुपैयाँ खर्चेको छ।

सरकारले चालु आर्थिक वर्षको साउनदेखि फागु्नको दोस्रो सातासम्म ५२४ मृतकका हकवालालाई उक्त रकम खर्चेको हो। सो अवधिमा मृत्यु भएका कामदारको संख्या भने ५५३ रहेको छ ।

आर्थिक सहायता पाउनेमध्ये ४८२ जनाले ७ लाख रुपैयाँ र ४२ जनाले १० हजार रुपैयाँ पाएको वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिए। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया