मङ्गलबार, बैशाख १५, २०८३

चीनको ऋण स्विकार्दा पादर्शिता सोच्‍न आवश्‍यक

काठमाडौ । चीन विश्‍वमै नयाँ ऋण दाता मुलुकका रुपमा चिनिएको छ। तर, पश्‍चिमा मुलुक विश्‍व बैंक र आइएमएफ (अन्तर्राष्ट्रिय मुद्रा कोष) लाई भने यो टाउको दुखाई भएको छ।

चिनीयाँ ऋण अपादर्शी रहेको र यसले धेरै मुलुकका ऋणग्रस्तता तर्फ धकेल्ने गरेको आइएमफको विश्‍लेषणले देखाएको छ।

अमेरिकामा हालै भएको बैठकको उसले ऋण लिने र दिने मुलुकलाई पारदर्शीता अपनाउन आग्रह गरेको छ। यसपालिकै बैठकमा चिनीया ऋण माथि ठूलै बहस भएको थियो। त्यहा ऋणमा पारदर्शीता अपनाउन आवश्‍यक रहेको विज्ञहरूले बताएका हुन्।

कुनै पनि ऋणदाता देशले ऋणको स्थायित्वलाई ध्यान दिएर पारदर्शी ढंगल प्रवाहा गर्नु पर्ने आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टिन लगार्दले बताइन्। संसारभर अर्थव्यवस्थाको स्थायित्वको लागि आइएमएफले १८१ सदस्यलाई अल्पकालिन ऋण दिँदै आएको छ।अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।