मङ्गलबार, बैशाख ११, २०८१

स्थानीय तहमा नगरप्रमुख र अध्यक्षहरुले काम गर्न नदिएको वडा अध्यक्षको गुनासो

काठमाडौ । सुदुरपश्चिम लगाएत देशका केही स्थानीय तहमा नगरप्रमुख र अध्यक्षहरुले काम गर्न नदिएको भन्दै वडाध्यक्षहरुले गुनासो गर्न थालेका छन् ।

बजेट विनियोजनदेखि कर्मचारी खटपटनको काममा पनि आफूहरुको कुरा नगरपालिका वा गाउँपालिकाले नसुन्दा काम गर्न नसकिएको वडाध्यक्षहरुले गुनासो गरेका हुन् । तर नगरप्रमुख र अध्यक्षहरुले भने यो कुरा अस्विकार गरेका छन् ।

सुदुरपश्चिममा मात्र होइन प्रदेश नम्बर २ मा पनि वडाअध्यक्षहरुलाई नगरप्रमुख र उपम्रमुखका कारण काम गर्न समस्या भइरहेको जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साहले कान्तिपथ डट कमसँग गुनासो गर्नुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कर्मचारी समायोजन पछि पनि विभिन्न स्थानमा कर्मचारी अभाव कायमै रहँदा यो समस्या भएको बताएको छ । संघीय संरचनामा बनेको ३ तहको सरकारले मिलेर समन्वयकारी ढंगले काम गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।