बिहिबार, बैशाख ०६, २०८१

नेपालमा प्रेस स्वतन्त्रताको अवस्थामा सुधार आएन

काठमाडौ । नेपालमा प्रेस स्वतन्त्रताको अवस्थामा सुधार आउन नसकेको एक अध्ययनले देखाएको छ ।

रिपोटर्स विथआउट बोडर्सले आज सार्वजनिक गरेको सन् २०१९ को प्रेस स्वतन्त्रता सूचीमा नेपाल अघिल्लो बर्षकै अवस्थामा तालिकाको १ सय छैठौं स्थानमा यथावत छ । नेपाल सरकारले स्वतन्त्र प्रेसको अवधारणालाई पूर्ण रुपमा अवलम्बन गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१८ को अगष्टमा खोजी पत्रकारितालाई निरुत्साहित गर्ने खालको फौजदारी कानुन ल्याएको प्रतिवेदनमा उल्लेख छ । फौजदारी कानुनमा उल्लेख भएका विषयले खोज पत्रकारितालाई ठेस पु-याउनुका साथै सार्वजनिक पदमा रहेको व्यक्तिको आलोचनालाई समेत बन्देजको प्रयास गरेको प्रतिवेदनमा जनाइएको छ ।

नेपालसहित विश्वभरका पत्रकारको अवस्थाबारे अनुसन्धान गरी तयार प्रतिवेदनमा सरकारी पत्रिका, रेडियो स्टेसन र टिभि च्यानलले सञ्चारमाध्यम विरोधी सामाग्री प्रशारण गरेको प्रति चिन्ता ब्यक्त गरिएको छ । मुद्दा ममिलाको झमेला र सरकारी प्रवृत्तिका कारण नेपालमा स्वतन्त्र सञ्चारमाध्यमले कठिनाईको सामना गरिरहेको उल्लेख छ ।