शुक्रबार, बैशाख ०७, २०८१

समयमै बजेट खर्च गर्न सम्बन्धित मन्त्रालयलाई अर्थमन्त्रालयको आग्रह

काठमाडौ । अर्थमन्त्रालयले तोकिएको समयभित्रै बजेट खर्च गर्न नसक्ने भए जानकारी गराउन सम्बन्धित मन्त्रालयलाई लिखित आग्रह गरेको छ ।

मन्त्रालयले आज सबै मन्त्रालयलाई बजेट खर्च गर्न नसक्ने भए पहिले नै यस विषयमा जानकारी गराउन पत्रमार्फत आग्रह गरेको हो । पछिल्ला वर्षमा बजेटको आकार बढ्दै गएको भएपनि खर्चको अवस्था सन्तोषकजनक नभएकाले अर्थमन्त्रालयले समीक्षालाई व्यापकता दिएको मन्त्रालयले जनाएको छ ।

समयमै उचित तरिकाले बजेट खर्च गर भनेर अर्थमन्त्रालयले पत्र लेखेको मन्त्रालयका प्रवक्ता एवं सूचना अधिकारी उत्तर कुमार खत्रीले जानकारी दिनुभयो ।

अर्थमन्त्रालयले बजेट बिनियोजन भएको सुरुवाती चरणदेखिनै समयमै बजेट खर्च गर्न सम्बन्धीत मन्त्रालयलार्ई निर्देशन दिएको र त्यसलाई निरन्तरता समेत दिएको उहाँको भनाइ छ ।