शनिबार, बैशाख ०८, २०८१

आईपीएलमा आज दिल्ली र मुम्बई खेल्दै

काठमाडौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

दिल्लीको घरेलु मैदानमा हुने आजको खेल राति ८ बजेबाट सुरु हुनेछ । लिगको दोस्रो स्थानमा रहेको दिल्ली र तेस्रो स्थानमा रहेको मुम्बईबीच हुने आजको खेल निकै नै रोमाञ्चक हुने मानिएको छ ।

यसअघि हिजो भएको खेलमा शिर्ष स्थानमा रहेको चेन्नई सुपर किंग्स ६ विकेटले पराजीत भएको छ । हैदरावादमा भएको खेलमा पाँचौ स्थानमा रहेको सनराइजर्स हैदरावादले चेन्नईलाई ६ विकेटले पराजीत गरेपनि चेन्नई शिर्ष स्थानमा नै कायम छ ।

टस जितेर पहिले ब्याटिगं गरेको चेन्नईले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ३२ रन बनाएको थियो । १ सय ३३ रनको लक्ष्य पछ्याउँदै ब्याटिगं गरेको हैदरावादले मात्र १६ ओभर ५ बल खेल्दै ४ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो ।