Nepali date


आइतवार, अशोज ५, २०७६

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज

काठमाडौ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर पाँचको नेपालगञ्ज रंगशालामा एक कार्यक्रमकाबीच प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुहुनेछ ।

आयोजक राष्ट्रिय खेलकुद परिषदले साँझ साढे ५ बजे राष्ट्रपतिबाट प्रतियोगिताको भब्य उद्घाटन गरिने जनाएको छ ।

वैशाख ५ गते औपचारिक उद्घाटन भनिएपनि प्रतियोगिताको अधिकांश खेल २०७५ साल चैत २७ गतेबाट नै सुरु भईसकेका छन् । वैशाख ५ देखी ११ गते सम्म औपचारिक रुपमा सञ्चालन हुने प्रतियोगिताको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।

प्रतियोगितामा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियल, रेफ्री, संघ, प्रतिनिधि गरेर करिब ११ हजारको सहभागिता रहने राखेपले जनाएको छ । प्रतियोगितामा झण्डै ५ हजार २ सय ११ जना खेलाडीले सहभागिता जनाउनेछन् । त्यसमा २ हजार ८ सय २५ पुरुष र २ हजार ३ सय ८६ महिला सहभागि छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया