बिहिबार, बैशाख १३, २०८१

भुकम्पबाट क्षति पुगेका ६५ हजार घरहरुलाई प्रवलीकरण गर्ने अभियान सुरु

काठमाडौ । पुनर्निर्माण प्राधिरणले भुकम्पबाट क्षति पुगेका ६५ हजार घरहरुलाई प्रवलीकरण गर्ने अभियान सुरु गरेको छ ।

भूकम्पको समय क्षति भएका घरलाई प्रवलीकरणको सूचीमा राखेर प्रवलीकरणको काम सुरु गरिएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले जनाएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले भूकम्पका क्षति भएका घरलाई नभत्काई प्राविधिकहरुले त्यसको जाँच गरी वैज्ञानिक प्रविधि अनुसार सिफारिस गरेर प्रविलिकरण गर्ने काम सुरु भएको बताउनुभयो ।

प्रवलिकरणका सेवा सुविधा पाउनका लागि पीडितले अनुदान सम्झौता गर्न आफ्नो वडा कार्यालयमा सम्पर्क राख्ने र बैंकिङ प्रणाली मार्फत पहिलो किस्ताको रकम पाउन सक्ने उहाँले जानकारी दिनुभयो ।