Nepali date


आइतवार, अशोज ५, २०७६

१७ औं तेक्वान्दोमा सहभागि हुन नेपाली खेलाडीहरु जापान आउँदै

टोकियो । नेपाल तेक्वान्दो संघ अन्तर्गतको नेपाली तेक्वान्दो खेलाडीहरु नेपाल को नेतृत्व गरेर जापानमा हुने १७ औँ वाता ओपन ईन्टरनेश्नल तेक्वान्दो च्याम्पियनसशिपमा भाग लिन जापान आउने भएका छन् ।
वाता ओपन ईन्टरनेश्नल तेक्वान्दो च्याम्पियनसिप जापानको ओशाकामा यहि अप्रिल २० तारिख देखी सुरु हुनेछ । विश्वका विभिन्न मुलुकबाट सहभागिता जनाईने च्याम्पिनसिपमा नेपालले पनि भाग लिन लागेको हो ।

नेपाल तेक्वान्दो संघ अन्तर्गतको नेपाली तेक्वान्दो खेलाडीहरु नेपालको नेतृत्व गरेर जापानको ओशाकामा हुने सो, च्याम्पियनशिपमा भाग लिन आउन लागेका हुन् । सहभागी हुन आउने खेलाडीहरुमा – रोशन खान टोली मुख्य प्रशिक्षक, जित सिंह लामा र अशोक खड्का अन्तराष्ट्रिय रेफ्री , टिम प्रशिक्षक हेम लाल श्रेष्ठ, उमा अधिकारी मेनेजर , लिलावती नेपाल अफिसियल का साथमा ,पुम्से तर्फबाट सिनियर गोपाल श्रेष्ठ ,फाटिङ तर्फबाट सिनियर ५७ केजी तर्फ धनमाया सिन्जाली ,महिला ५३ केजी तर्फ बिध्या राई ,पुरुष सिनियर बिनोद थापा, ७३ केजी तर्फ सिद्दी बिक्रम शाही, जुनियर ५० केजी मुहम्मद उमर खान ५४ केजी, उज्ज्वल श्रेष्ठ ७३ केजी , अब्बास खान ५४ केजी, गिप्सन नेपाल जुनियर ४५ केजी , बिजय गुरुङ जुनियर ५० केजी , जुनियर महिला ४१ केजी आकृति गुरुङ र पुरुष सिनियर अभिषेक राना रहनेछन् ।

रबी लामिछानेद्वारा खेलाडीहरुलाई शुभकामना
जापान आउने खेलाडीहरुलाई, लोकप्रिय तथा चर्चित पत्रकार रबिलामेछनेले आफ्नै कार्यलयमा बधाई तथा शुभकामना दिएका थिए । उनले खेलीडीहरुलाई जापानमा उत्कृष्ट खेल प्रदर्शन गर्न उर्जा प्रदान होल् भन्ने कामनाका साथ भेट गरेका हुन् । साथै सिटी एक्स्प्रेस मनि ट्रान्सफरले,सम्पुर्ण सहभागी खेलाडीहरु लाई ४० सेट ट्र्याक सुट उपलब्ध गराई सहयोग गरेको छ ।

ओसाकामा भव्य स्वागत गरिने
सम्पुर्ण खेलाडी तथा प्रशिक्षकहरुलाई ओसाका एअरपोर्ट मा, चितवन तेक्वान्दो डोजाङ का सस्थापक कृष्ण चौधरी, चितवन तेक्वान्दो डोजाङका भवन निर्माण अभियान कर्ता दीपक बाबु नेपाल, गैरआवसीय नेपाली संघका निवर्तमान आईसिसि सदस्य तुल्सीराम खरेल , एनआरएनए जापान कान्साईका उपाध्यक्ष कृष्ण गैरे,एनआरएनए कान्साईका संयोजक प्रेम कँडेल तथा निवर्तमान अध्यक्ष टिकाराम कँडेल तथा चितवान एसिया प्यासेफिक युवा संयोजक मुक्तिराम खरेल गैरआवासिय नेपाली संघ जापानका समग्र कान्साई टीम लगायत सम्पुर्ण नेपाली समुदायद्वारा भव्य स्वागतको तयारी गरिएको अभियान कर्ता दिपक बाबु नेपालले जानकारी गराए ।

नेपालबाट, खेलाडीहरुलाई हौसला दिँदै, राष्ट्रीय खेलकूद परिषद चितवन जिल्ला खेलकूद बिकास समितिका अध्यक्ष श्री गंगा लामा,सचिव रामजी ढकाल तथा चितवन जिल्लाका पूर्व खेलकूद अध्यक्ष उत्तम गुरूड् ,चितवन जिल्ला तेक्वान्दो संधका अध्यक्ष पुष्प राज जोशी लगायतले बिदाई गरेका थिए । भवन निर्माणका अभियान कर्ता नेपालले यस अभियानमा साथ र हौसला प्रदान गरी खेल विकासमा टेवा दिनुहुने सम्पुर्ण महानुभाव प्रति आफु र आफ्नो टिम असाध्यै आभारी रहेको बताए ।

सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रम
‘स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद सम्पूर्ण खेलका खेलाडिहरू राष्ट्रका सान हुन् ‘ भन्ने मुल नाराका साथ चितवाममा कबर्ड हल बनाउनका लागि गरिएको अभियानमा सहयोग पुर्याउनेहरुलाई सम्मान पनि गरिने बताईएको छ ।

राष्ट्रको नाम अन्तराष्ट्रीय जगतमा खेलबाट पहिचान गराउने चितवन जिल्ला रत्न नगर नगरपालि वडा न. २ अन्तर्गत चितवन तेक्वान्दो डोजाङ्” को प्रशिक्षण केन्द्र (कवर्ड हल ) निर्माण को लागि चलाएको अभियान (जो,सन २०१८-१२-२३ तारिखदेखि जापानबाट सुरूवात गरिएको थियो )मा बिभिन्न देश बिदेशमा रहनु भएको सहयोगी मनका धनी सहयोगदाताहरूको सहयोग लाई सम्मान गर्दै धन्यबाद ज्ञापनको कार्यक्रम पनि राखेको जानकारी गराईएको छ । उक्त कार्यक्रममा, ऊपस्थित भई कार्यक्रमको शोभा बढाईदिनका लागि सम्पूर्ण जापानवासी नेपालीहरुमा अनुरोध पनि गरेको छ । कार्यक्रम यहि २५ तारिख टोकियोको सिनओकुवोस्थित रोधि क्लवमा आयोजना गरिने छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया