शुक्रबार, चैत १६, २०८०

नतिजा प्रकाशन नहुँदा विद्यार्थी र अभिभावक अन्यौलमा

सल्यान । नयाँ शैक्षिक सत्र लागेपनि सल्यानमा भने कक्षा ८ को नतिजा प्रकाशन नहुँदा विद्यार्थी र अभिभावक अन्यौलमा परेका छन् ।

जिल्लामा रहेका २ स्थानियतहले अझैपनि नतिजा प्रकाशन गर्न नसक्दा समस्या भएको हो । जिल्लाको दार्मा गाउँपालिका र कुमाख गाउँपलिकाले अझैपनि नतिजा प्रकाशन गरेका छैनन् ।

विद्यालयहरुले विद्यार्थीको प्राप्तांङ्घ ढिला गरेर पठाएका कारण नतिजा प्रकाशनमा ढिलाई भएको स्थानियतह अन्र्तगत रहेका शिक्षा शाखाले जनाएको छ । दार्मा गाउँपालिकाको शिक्षा शाखा प्रमुख जंगबहादुर बुढाले विद्यालयहरुले विद्यार्थीको प्राप्तांङ्घ ढिला गरेर पठाएका कारण नतिजा प्रकाशनमा ढिला भएको भएपनि भोली नै नतिजा प्रकाशन गर्ने तयारी रहेको जानकारी दिनुभयो ।

यस्तै कुमाख गाउँपालिका उपाध्यक्ष डिल्लीराज जैसीले पनि भोलीसम्ममा नतिजा प्रकाशन गर्ने तयारी रहेको जानकारी दिनुभएको छ ।