Nepali date


मङ्लबार, असार ३, २०७६

उपचार सम्भव नभएपछि एक जनाको मृत्यु

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टीमा उपचार हुन नसक्दा आज एक जनाको मृत्यु भएको छ ।

मुत्यु हुनेमा बाजुराको बिकट हिमाली गाउँपालिका ६ पाडीका स्थानीय सुरेश भण्डारी रहेको ईलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । २७ बर्ष का भण्डारीलाई एक सातादेखि टाउको दुख्ने, ज्वरो आउने र बेहोस हुने जस्ता लक्षण देखा परको थियो ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आउन एक दिनको पैदल यात्रा गर्नु पर्ने, गाउँमा यातायातको सुबिधा नभएकाले बोकेर ल्याउन असम्भव भएको उहाँका अफन्तले बताउनुभयो ।

एक साता यता देखि पानी परिरहेकाले बाटो अप्ठ्यारोको कारण उहाँलाई बाकेर कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रमा ल्याउन पनि नसकिएको र उहाँको मृत्यु भएको आफन्तले बताएका छन् ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया