Nepali date


मङ्लबार, असार ३, २०७६

नेपाललाई विद्वानहरुको देश बनाउनुपर्छः प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षरहरुको नभई विद्वानहरुको देश बनाउनुपर्ने बताउनुभएको छ ।

विद्यालय भर्ना अभियानका सन्दर्भमा आफ्नो सरकारी निवास बालुवाटारमा नेकपानिकट यूवा र विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । नेपाललाई निरक्षरहरुको होइन, विद्वानहरुको देशको रुपमा पहिचान बनाउनु पर्दछ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपायोग हामीले गर्नु पर्दछ ।

विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं तर अब यो अवस्था रहिरहन सक्दैन । प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्ने पनि बताउनुभयो । युवा र विद्यार्थीलाई सृजनशिल र समाज सुधारको काममा लाग्न कुनै अवरोध नरहेको भन्दै प्रधानमन्त्री ओलीले अहिले आन्दोलनको स्वरुप फेरिएको धारणा राख्नुभयो ।

गत बर्षदेखि शुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न प्रधानमन्त्री ओलीले विद्यार्थी र युवाहरुलाई निर्देशन दिनुभयो ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया