Nepali date


शनिबार, बैशाख ७, २०७६

प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलिया अनुमोदन

काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियालाई संसदीय सुनुवाई समितिले सर्ब सम्मतिले अनुमोदन गरेको छ।

प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन गरेपछि उनले सबै निर्वाचनमा विद्युतीय मतदान प्रणालीको विकास गर्ने महत्वकांक्षी योजना अघि सारेका छन्।

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाले बुधबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो सुनुवाईको क्रममा सबै निर्वाचनमा विद्युतीय मतदान प्रणालीको विकास गर्ने महत्वकांक्षी योजना अघि सारेका हुन्।

उनले समिति समक्ष निर्वाचन प्रणालीमा आमूल परिवर्तनको खाँचो रहेको औंल्याउँदै त्यसका लागि सबै स्थानीय तहमा मतदाता नामावली संकलन र अध्यावधिक हुने गरी ‘निर्वाचन समन्वय ईकाई’ स्थापना गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

आफू प्रमुख निर्वाचन आयुक्तमा अनुमोदित भए स्थानीय तहले पनि निर्वाचनको अपनत्व पाउने गरी सबै स्थानीय तहमा निर्वाचन समन्वय इकाई स्थापना गर्ने थपलियाको योजना छ। थपलियाले प्रदेशमा पनि निर्वाचन कार्यालय स्थापना गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए।

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्न मतदाता नामावली संकलन र अध्यावधिक गर्न अनलाईन प्रणालीको विकास गर्ने पनि समिति समक्ष प्रतिवद्धता व्यक्त गरे।

निर्वाचन प्रणालीको आमूल परिवर्तन गरेर मात्रै निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउन सकिने उनको भनाई छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया