Nepali date


शनिबार, बैशाख ७, २०७६

पत्रकार रिहाइका लागि महासंघको थप आन्दोलन सार्वजनिक

ललितपुर । विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी एवम् अर्जुन गिरीसहितका पक्राउ गरिएका पत्रकारको विनाशर्त रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ ।
महासंघका महासचिव रमेश विष्टद्धारा जारी प्रेस वक्तव्यमा जनाइए अनुसार आज बैशाख ४ गते विभिन्न संचार माध्यम र सामाजिक संजालमार्फत् विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी तथा पत्रकार पक्राउको विरोध गर्ने । भोली बैशाख ५ गते विहान ९ः३० देखी १०ः३० सम्म नेपाल पत्रकार महासंघ जिल्ला शाखामार्फत् देशैभरका सबै जिल्ला प्रसासन कार्यालयमा १ घण्टा धर्ना बस्ने र भोली नै केन्द्रीय समितिले गृहमन्त्रात्रालय र संचार मन्त्रालयमार्फत् विरोध पत्र बुझाउने कार्यक्रम तय गरिएको छ ।

त्यसपछिका आन्दोलनका कार्यक्रम तय गर्न भोली नै केन्द्रीय समितिको उपलब्ध बैठक बस्ने जनाइएको छ ।

पत्रकार महासंघको आन्दोलनमा सहभागिता, समर्थन र ऐक्यवद्धताका लागि आग्रह गर्दछु ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया