Nepali date


शनिबार, बैशाख ७, २०७६

ख्रिस्तियन एकता समाज जापानको नयाँ वर्षको शुभकामना कार्यक्रम सम्पन्न

टोकियो । विश्व परिबेशमा नया वर्ष मनाउने सैली र मिति नै फरक देश मध्ये नेपाल एक हो । इस्वी सम्बत र बिक्रम सम्बद गरि दुवै भित्ते पात्रोलाइ आधार मानेर हरेक बर्ष नेपालि बार्षिक परियोजना तय गरिएको हुन्छ,त्यसलाई नै आधार मानेर आफ्नो ब्यक्यिगत योजना र विभिन्न संघ संस्थाहरूले बार्षिक कार्यतालिका बनाएका हुन्छन। हरेक बैशाख महिना नेपालीहरुको लागि बिशेष हुन्छ जुन शुरुवात को महिना र पहिलो दिन मनाउने सैली फरक – फरक तरिकाले रमाहट गरिरहेका हुन्छन केहि परिवार संग, साथीसंगी, प्रेमी -प्रेमिका सङ्ग , सङ्गसस्थाहरुले विभिन्न चेतनामुलक कार्यक्रम र प्रगतिबिबरण सहित त कसैले नया कामको उद्घाटन वा नया ठाउँ घुमेर मनाउछन जुन शुभ दिन को रुपमा पनि लिने गर्दछन , जसको आफ्नै बिशेषता छ । यसै नया वर्षको पावन अवसर पारि नेपाली ख्रिस्तियन एकता समाजले प्रत्येक वर्ष नेपाली नया वर्ष निरन्तर मनाउदै आइरहेको छ ।यस वर्ष पनि जापान एकता समाजको आयोजनामा बार्बिक्यु कार्यक्रम सहित नया वर्ष सम्पन्न गरेको गरेको छ । जापान भरि छरिएर रहेका नेपाली बिश्वसिहरु एकतामा परमेश्वरको जिउदो बचन र संगति संगै नाचगान गरेर नया वर्ष मनाएको थियॊ । शुरुवातको प्राथना नेपाली ख्रिस्टिअन एकता समाजका उप-अध्यक्ष बिजय सुनारले गर्नुभयको थियॊ र बचन चिबा नेपाली झुण्ड मण्डलीका पास्टर जोसुवा लेप्चाले बाड्नुभयेको थियो ।विभिन्न ठाउँ बाट नेपली संगतिको प्रतिनिधित्व गरेर आउनुभएको अथितिहरु सबैलाई खादा लगाएर स्वागत गरेको थियो ।
यसरी नेपाली वर्ष २०७५ लाइ बिधाई गर्दै २०७६ साल लाइ स्वागत गरि तमागावा पार्कमा बार्बिक्यु संगै नया वर्ष सु – सम्पन्न भएको छ यसरि नै मिलापमा रहौ आउने दिनहरुमा अझै प्रभाबकारी र असल योजना सहित अगाडी बढ्नु पर्छ भन्ने प्रतिज्ञा गर्दै जापान एकता समाजका अद्यक्ष्य तथा एल्डर सुर्य राइ ,उत्साह नेपाली चर्चका पास्टर चन्द्र किरण मगर र एल्डर सुरज चन्द गुरुङ ले नेपाली नया वर्षको शुभकामना आदान प्रदान गर्नुभएको थियो साथै विभिन्न नेपली संगति बाट आउनुभएका प्रतिनिधित्वहरुले पनि नया वर्षको शुभकामना दिनुभएको थियो ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया