Nepali date


शनिबार, बैशाख ७, २०७६

आइपीएलमा आज दुई खेल हुने

काठमाडौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने भएको छ ।

शिर्ष स्थानमा रहेको चेन्नई र छैठौं स्थानमा रहेको हैदरावादबीचको खेल हैदरावादको घरेलु मैदानमा राति ८ बजेबाट सुरु हुनेछ ।

यसअघि हिजो भएको खेलमा किङ्स इलेभेन पञ्जावले राजस्थान रोयल्सलाई १२ रनले पराजित गरेको छ । चण्डीगढस्थित मैदानमा गयराति भएको खेलमा पञ्जावले राजस्थानलाई १२ रनले पराजित गरेको हो ।

घरेलु टोली पन्जावले दिएको १ सय ८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर मात्र १ सय ६८ रन बनाउन सक्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । जितसँगै पञ्जावले लिगमा पाँचौ जित हात पार्दै ९ खेलबाट १० अङ्क जोडेको छ । पराजित राजस्थान ८ खेलबाट ४ अङ्क जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया