Nepali date


शनिबार, बैशाख ७, २०७६

अपाङ्गता भएको व्यक्तिको अधिकार सम्बन्धी ऐन कार्यान्वयन हुन किन सकेन ?

काठमाडौ । सरकारले अपाङ्गता भएको व्यक्तिको अधिकार सम्बन्धी ऐन ल्याएपनि त्यो कार्यान्यवन हुन सकेको छैन ।

सरकारले अपाङ्गता भएका व्यक्तिलाई निः शुल्क स्वास्थ्य सुविधा उपलब्ध गराउने व्यवस्था गरेपनि त्यो कार्यान्वयन हुन नसक्दा समस्या भएको छ । जस कारण अपाङ्गता भएका व्यक्तिहरुले निः शूल्क रुपमा कुनै पनि स्वास्थ्य सुविधा पाउन सकेका छैनन् ।

ऐनको दफा २८ ले न्यून आय भएका तथा सरकारी अस्पतालमा भर्ना भएका अपाङ्गता भएका व्यक्तिलाई निः शुल्क उपचार गर्ने व्यवस्था गरेको छ । तर, कुन रोगको लागि कति उपचार खर्च पाउने, उपचार सहयोग लिने प्रक्रियाको बारेमा ऐनमा व्यवस्था नहुदा सेवा लिन कठिनाइ भएको छ ।

बनेका ऐन कार्यान्वयनका लागि आवश्यक नियमावलि नबन्दा पाएको अधिकार उपयोग गर्न नपाएको अपाङ्गता भएका व्यक्तिहरुको गूनासो छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया