शुक्रबार, बैशाख ०७, २०८१

सात लाख स्मार्ट लाइसेन्स, ट्राफिक प्रहरीसँग छैन कार्ड रिडर

काठमाडौ । सरकारले स्मार्ट लाइसेन्स वितरण थालेको ४० महिनामा नौ लाख लाइसेन्स छापिएका छन्।

साढे सात लाख वितरण भएका छन्। तर, त्यस्ता कार्ड जाँच (रिड)गर्ने मेसिन ट्राफिक प्रहरीसँग एउटा पनि छैन। अहिले सञ्चालनमा भएका दुईवटा रिडरमध्ये एउटा प्रहरी प्रधान कार्यालयमा छ भने अर्को यातायात व्यवस्था विभागमा रहेको छ।

त्यसो त स्मार्ट लाइसेन्सको ठेक्का पाएको मद्रास सेक्युरिटी प्रिन्टर्सले सम्झौताअनुसार १०० वटा कार्ड रिडर मेसिन उपलब्ध गराइसकेको छ।

सफ्टवेयरलगायत आवश्यक प्राविधिक व्यवस्थापन नहुँदा कार्ड रिडर यातायात व्यवस्था विभागमै थन्काइएको छ। नयाँ पत्रिका दैनिकमा खबर छ।