शनिबार, बैशाख ०८, २०८१

आज चट्याङसहित वर्षा हुने सम्भावना, वर्षा तीन दिनसम्म जारी रहने

काठमाडौ । मुलुकका बिभिन्न स्थानमा आज चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी भूभागका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानमा मेघ गर्जन–चट्याङ्ग तथा हुरीबताससहित असिना पानीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको जनाइएको छ । पर्सिसम्मको पूर्वानुमानको विवरण सार्वजनिक गर्दै महाशाखाले यस्तो जानकारी दिएको हो ।