शुक्रबार, बैशाख ०७, २०८१

अब बीस दिनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

भैरहवा । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ ।

विमानस्थल आयोजनाका अनुसार चार तहसम्म निर्माण हुने धावनमार्गको कालोपत्रे गर्ने काम अब अन्तिम चरण मात्रै बाँकी छ । सामान्य अवस्था रहेमा २० दिनमा सबै धावनमार्ग कालोपत्रे भइसक्ने आयोजनाले जनाएको छ ।

यसबीचमा वर्षा तथा हावाहुरीका कारण कालोपत्रे गर्न समस्या भएको आयोजनाले जनाएको छ । धावनमार्ग तीन किलोमिटर लम्बाइको छ । अन्तिम सतहको कालोपत्रे साढे सात सेन्टिमिटरको हुनेछ ।

धावनमार्गको अन्तिम चरणको कामसँगै ‘ट्याक्सी वे’ पनि कालोपत्रे गरिने विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।

“कुनै बाधा अवरोध नआए २० दिनमा धावनमार्ग निर्माण सम्पन्न हुन्छ”, उनले भने । योसँगै धावनमार्ग ‘ट्याक्सी वे’ सँग जोडिने छ । गोरखापत्र दैनिकमा खबर छ।