शनिबार, बैशाख ०८, २०८१

निःशुल्क औषधि बेच्छन् सरकारी अस्पताल

काठमाडौ । जनताको सेवाका लागि सरकारले उपलब्ध गराएको निःशुल्क औषधि बेचेको छ। कुकुरले टोकेपछि लगाउनुपर्ने रेबिजविरुद्धको औषधि अस्पतालले सरकारसँग निःशुल्क लिएर बिरामीलाई बेचेको  छ।

१५ वर्षमुनि उमेरका व्यक्तिलाई चार र १५ वर्षमाथिकालाई पाँच वटा सुई लगाउनुपर्छ अस्पतालले प्रतिसुई एक सय रुपैयाँ लिने गरेको मेडिकल सुरपरीटेन्डेन्ट डा. कृष्ण खनालले स्वीकार गरे। ‘अस्पताल विकास समितिबाट नियुक्त भएका २५० कर्मचारी छन्।

उनीहरूको खर्च धान्न प्रतिसुई १०० रुपैयाँ सेवाशुल्कका नाममा लिएका हौँ’, डा. खनालले भने। अस्पतालले एक बिरामीबाट चार देखि पाँच सयसम्म असुरल गर्दै आएको छ।

केही समयअघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण  महाशाखाको टोलीले अस्पतालमा अनुगमन गरेको थिाये। रेबिजविरुद्धको निःशुल्क सुईमा सेमत रकम उठाउने गरेको अस्पतालले स्वीकारेको अनुगमन टोलीका प्रमुख एवं महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले बताए।नयाँ पत्रिका दैनिकमा खबर छ।