कञ्चनपुर । गत चैत २८ गतेदेखि हराई बेपत्ता भएका कञ्चनपुर कृष्णपुर नगरपालिका ८ बस्ने १९ वर्षीय सुबिल बडायकको सोमबार विहान शव फेला परेको छ।
सुबिल हराएको भन्ने निजका आफ्न्तले ईलाका प्रहरी कार्यालय रैकवारमा खबर गरेपछि खोजी गर्ने क्रममा कृष्णपुर नगरपालिका ७ बहुलपट्टीमा उनको टिसर्ट र सोही ठाउँस्थित उग्रतारा सामुदायिक बनको छेउमा पर्ने न्याउर खोलाको किनारमा टाउको र शरीर छुट्टाछुट्टै ठाउँमा फेला परेको हो।
अनुसन्धानको क्रममा सोधपुछका लागि कृष्णपुर ७ शिरपट्टी बस्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

