काठमाडौं । मकवानपुरगढी गाउँपालिका २ सिखरकटेरीस्थित सडकमा ना ३२ प १८४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति ना ८ ख ४३२६नम्बरको ट्रिफरमा ठक्कर खाँई दुर्घटना भएको हो।
दुर्घटनाबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँस्थित धरमपानी बस्ने ४० वर्षीय गोबिन्द बम्जनलाई उपचारको लागि हेटौंडा अस्पताल हुँदै थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा मृत्यु भएको छ। ट्रिफर सहितचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका ९ जयनगरस्थित सडकमा ज १० प ४८७७ नम्बरको मोटरसाइकलले सोमबार बिहान ठक्कर दिदा गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने पैदलयात्री ५५ वर्षीया उर्मिलादेवी यादवलाई उपचारको लागि न्यूरो अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटौमै मृत्यु भएको छ
मोटरसाइकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

