शुक्रबार, बैशाख ०७, २०८१

सर्लाहीमा बेग्लाबेग्लै दुर्घटनामा पाँचको मृत्यु, ४१ घाइते

सर्लाही । सर्लाहीमा विभिन्न ठाउँमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ४१ जना घाईते भएका छन् ।

जिल्लाको नवलपुरमा हिजो बिहानै यात्रु बस पल्टिँदा तीन जना, मध्यान्ह लालबन्दीमा मोटरसाइकलको ठक्करबाट एक जना र दिउँसो सलेमपुरमा टाटाभिट्टामा बस दुर्घटनाहुँदा एक जना गरी पाँच जनाले मृत्यु भएको हो ।

हिजो बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका–१, नवलपुरस्थित उष्ण प्रदेशिय बागवानी केन्द्रमा बस पल्टिँदा तीन जनाको मृत्यु भएको हो भने ३१ जना घाईते भएका छन् । बस दुर्घटनामा मृत्यु हुनेमा श्रीकान्त चौधरी, बबी उराउ र अनिल उराउ रहेको प्रहरीले जनाएको छ । चिरञ्जिवी पोखरेल मिना जर्गा मगरको पनि मृत्यु भएको प्रहरीको भनाई छ ।