बिहिबार, बैशाख ०६, २०८१

लुक्लामा भएको विमान दुर्घटनामा तीन जनाको मृत्यु

सोलुखुम्बु । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विमानका सहचालक एस ढुङ्गाना र सुरक्षामा खटिएका पर्यटक प्रहरी (असई) रामबहादुर खड्का रहेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका इन्चार्ज इमनाथ अधिकारीले जानकारी दिनुभयो ।

लुक्लाबाट रामेछापका लागि बिहान ९ बजेर २० मिनेटमा उड्न लागेको समिट एयरको नाइन एनएएमएच विमान धावनमार्गमा चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरण लुक्लाका अनुसार विमानमा चालक र सहचालक मात्रै रहेका थिए । विमानस्थलमै खटिएका अर्का सुरक्षाकर्मी रुद्रबहादुर श्रेष्ठ घाइते भएका छन् ।