शुक्रबार, चैत १६, २०८०

समिट एयरको विमान धावनमार्गमा चिम्लिएर दुर्घटना

काठमाडौं । लुक्लाबाट रामेछाप आउँदै गरेको समिट एयरको जहाज दुर्घटनामा परेको छ । दुर्घटनामा चालक दलका तीन सदस्य घाइते भएका छन् ।

आइतबार बिहान लुक्ला विमानस्थलमा समिट एयरकाे उक्त जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेकाे हाे ।जहाजमा यात्रु थिएनन् ।

उक्त विमानमा क्याप्टेन रवीन्द्र रोकायाकोपाइलट श्रवण खड्का रहेको समिट एयरले जनाएको छ ।क्याप्टेन रोकायालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उक्त जहाजकी एयर होस्टेज पनि घाइते छन् ।

जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङमा राखेको मनाङ एयरको हेलिकप्टरसित ठोकिएको समिटका प्रबन्ध निर्देशक मनोज कार्कीले बताए ।

दुर्घटनाका क्रममा धावनमार्गमा रहेका दुईजना प्रहरी समेत घाइते भएका छन् । मनाङ एयरकाे हेलिकप्टर पनि क्षतिग्रस्त छ । कोपाइलट खड्कालाई विमानबाट अझै झिक्न सकिएको छैन ।